Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको आईपीओ आइतबार बाँडफाँड हुने

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, १७ : २४ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको आईपीओ आइतबार बाँडफाँड हुने

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) आइतबार बाँडफाँड हुने भएकाे छ । उक्त आइपिओकाे आज (बिहीबार) ’प्रि अलोटमेन्ट’ गरिएकाे थियाे ।

असार १० गतेदेखि निष्कासन गरेकाे लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आईपीओमा ४ लाख १४ हजार १ सय ८० जनाको आवेदन परेको थियाे । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो । जसमध्ये योग्य आवेदक भने ३ लाख ९७ हजार ७ सय ४१ जना रहेको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । 

आवेदकको संख्याको आधारमा पहिलो चरणमा सबैले १० कित्ता शेयर प्राप्त गर्नेछन् । त्यसपश्चात बाँकी रहेको शेयर भने गोलाप्रदाद्वारा वितरण गर्दा ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ता शेयर हात पार्न सक्ने सानिमा क्यापिटलले जनाएकाे छ ।

लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियाे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको