Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, १६ : ४२ मा प्रकाशित

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले म्याग्दीको धौलागिरी नगरपालिका-४ स्थायी ठेगाना भएका ४९ दिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

घाँटीमा समस्या देखिएपछि असार ९ गते अस्पताल भर्ना भएका ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. जागेश्वर गाैतमले बताएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको