अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ ।
गएराति गोरखा अस्पतालको आइसोलेसनमा भर्ना हुन आएका पालुङ्गटार नगरपालिका- ७ निवासी ४४ वर्षीय कोरोना संक्रमितको शनिबार बिहान ५ बजेर ५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएकाे गोरखा अस्पतालले जनाएको छ।
त्यसैगरी, उनी कोरोना संक्रमितका साथै मधुमेह रोगका दीर्घरोगी पनि रहेकाे बताइएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस