Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, १५ : ५४ मा प्रकाशित

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाताकाे बीमा सुबिधा अन्तर्गत बीमा दाबी रकम भुक्तानी गरेकाे छ ।

बैंककाे उक्त खातामा रहेका सुबिधाहरूको लाभ लिन साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी सुभद्रा श्रेष्ठले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम एक लाख रूपैयाँ भुक्तानी पाएकी हुन् ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको पनि उपस्थीती  रहेको थियो ।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।  

बैंकले हाल ८९ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको