अर्थ संसार, काठमाडौं – हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण न्यूनीकरण गर्न विगत ३ महिनादेखि लकडाउन जारी राखिएकाे छ । लकडाउनका कारण प्राय व्यवसायहरू ठप्प भएका छन् ।
साेही कुरालाई मध्यनजर गर्दै व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग बैंकको व्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न आग्रह गरेका छन् । बैंकको व्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने चेतावनी समेत व्यवसायीहरुले दिएका छन् ।
साना उद्योगी–व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएका हुन् । विभिन्न ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु पुरा नभए सडकमा उत्रिन बाध्य भइने भन्दै महासंघले चेतावनी दिएको छ ।
यसैगरी, करिब ३ महिना भएको पूर्ण लकडाउन र हालसम्म पनि जारी रहेको आंशिक लकडाउनका कारण उद्योग–व्यवसायहरु निकै अप्ठेरोमा परेको भन्दै तत्कालै व्याज छुटको घोषणा गरिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले बताएका छन् । लकडाउन पूर्ण रुपमा नखुल्दै बैंकले ऋण तिर्न ताकेता गरेको भन्दै ऋण तिर्ने भाका पनि पर सार्नुपर्ने उनी बताउछन् । व्यवसायीहरुको समस्याहरुलाई सहज बनाउन राष्ट्र बैंकले केहि प्रयास गरेको भएपनि पर्याप्त भने नभएको उनले बताए ।
त्यस्तै, महासंघले लकडाउन अवधिभरको बैंकको व्याजदर शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा व्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चितता गरिनुपर्ने, कर्जाको व्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने माग अघि सारेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले जारी गरेकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस