Like us!
Follow us!
Connect us!
Watch us!

बजारको उतारचढाब निरन्तर प्रक्रिया नै हो, यसलाई सामान्य रुपमा लिनुपर्छ-चन्द्रसिंह साउद (अन्तर्वार्ता)

मंगलबार, २३ असार २०७७, ११ : १५ मा प्रकाशित

बजारको उतारचढाब  निरन्तर प्रक्रिया नै हो, यसलाई सामान्य रुपमा लिनुपर्छ-चन्द्रसिंह साउद (अन्तर्वार्ता)

करिव तीन महिनापछिको लकडाउनका कारण  दोस्रो शेयर बजार बन्द रहयो । अहिले बजार खोलेको अवस्था छ र बजार  खोले सँगै शेयर बजारमा अस्वाभाविक रुपले उचार चढाव देखियो । बजार बारम्बार पोजेटिभ त कहिले नेगेटिभ सर्केट लागेर कारोबार बन्द भैरहेको अवस्था छ । शेयर बजारले प्राकृतिक गति कहिले लिन्छ होला त ? शेयर बजार लगानी मैत्री बन्न नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले के कस्ता काम गरिरहेको छ त ? यिनै विषयमा केन्द्रित भएर अर्थ संसार डटकमले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सँग गरिएको कुराकानी

१.लकडाउनपछि खुलेको शेयर शजारमा अस्वाभाविक रुपमा उतारचढाव आयो, यसलाई कसरी हेर्नु भएको छ ?

शेयर बजारमा इन्डेक्स बढ्ने घट्नु स्वाभाविक कुरो हो । लकडाउनपछि शेयर बजार खुलिसकेपछि शुरुका दिनहरुमा वित्तीय तरलता अलि बढी भएको कारणले लगानीकर्ताहरुको डिमान्ड अलि बढी भयो भन्ने कुरा भए । जुन पछिल्ला दिनहरुमा बजार घट्यो बजार घट्नु चाँही ब्युटी नै भन्नु पर्छ । हामीले बजार घट्यो यो कारणले बढ्यो यो कारणले भन्दा पनि बजारको निरन्तर प्रकृया घटबढ हुने नै हो त्यही अनुरुप बजार गएको हो । लकडाउनपछि हामीले शेयरलाई डिम्याटसँग भिडाएर मात्र शेयर खरिद विक्री गर्ने प्रावधान गरेका छौँ । सकेसम्म डिम्याटमा भएका शेयरहरु इडिआइएक्स मार्फत कारोबार गर्नु भनेका छौँ । ब्रोकर साथिहरुलाई लगानीकर्ताले विक्री वितरण गरेको पैसा बैंकबाटै पठाउने भनेका छौँ । केही नियम चाहि परिवर्तन भएका छन् । बजारको उतारचढाव चाहि यो निरन्तर प्रक्रिया नै हो । यसलाई सामान्य रुपमा लिनुपर्छ ।

२.अनलाइन प्रणाली के कारणले प्रभावकारी भएन ?

यसका लागि हामीले आँकाडा हेर्नु पर्छ । हामीले नेपाल स्टक एक्सचेन्जमा अहिलेसम्म २ लाख ८२ हजार लगानीकर्तालाई शेयर लगानी गर्न योग्य लगानीकर्ताको रुपमा चिनेका छौँ । अहिलेसम्म दैनिक कारोबार गर्ने लगानीकर्ता २५ हजारको हारहारीमा देखिन्छन् । ३५ हजार लगानीकर्तामध्ये ३० हजार लगानीकर्ता अनलाइन प्रणालीमा आवद्ध छन भन्नु ठूलो उपलव्धी हो । बजारमा १७ लाख लगानीकर्ता छन् भनेर जुन हल्ला छन् ती सवै लगानीकर्ता कारोबारी होइनन् । अनलाइनको बुझाइमा अलिकति बुझाइमा तलमाथि परेको अवस्था छ, लकडाउन अघि र पछिलाई हेर्ने हो भने अहिले अनलाईनको बारमा धेरै लगानीकर्ताले जानकारी लिएका छन् । लकडाउन अघि अनलाईन प्रणालीमा नगएका कतिपय लगानीकर्ता अहिले अनलाइन प्रणाली मार्फत कारोबार थालिसक्नु भएको छ । यो कारणले लगानीकर्ता प्रविधिमैत्रीमा जान अभ्यास्त हुन समय लागेको हो । अनलाइनले काम गरेन भन्ने सन्दर्भमा हामी मान्न तयार छौनौं । किन मान्न छौनौ भने अनलाइन भनेपछि सवै काम अनलाइनले गर्ने होइन, हामीसँग विभिन्न भेन्टर कम्पनी छन् । जस्तो अनलाईन बनाउने एउटा कम्पनी छ, बैंकको पेमेन्ट बैंक मार्फत हुन्छ, शेयरको कारोबार सिडिएस मार्फत , इन्टरनेट लगायको कारणले हाम्रो अनलाइन प्रणालीले दिनु पर्ने कुराहरु सवै दिएको छ, अलिकति कन्फ्युज भएको कुरा बैंक इन्डिग्रेसन र डिम्याटको इन्डिग्रसनको कुरोमात्र हो, त्यो पनि स्टक एक्सचेन्जले गरेको छ । लगानीकर्ता र ब्रोकर साथिहरु विस्तारै आउने क्रम जारी छ ।

३. पछिल्लो समय तपाईले अनलाईन प्रणाली चलाउन नजान्ने विरोध मात्र गर्ने अभिव्यक्ति विवादस्पत भैरहेको छ के भन्नु हुन्छ?
त्यो चाहि मिडियाहरुले कसरी ल्याउनु हुन्छ आफ्नो कुरा हुन्छ । मैले के भनेको हो भने धेरै जसो लगानीकर्ता अनलाइनमा नआइसकेको हुनाले उहाँहरुले अनलाइन भएन भन्ने कुरा पक्कै हो । आफुले प्रयोग नगरी खाली अर्काेको भनाइको आधारमा फिडव्याक आएको अवस्था छ, हामीसँग त्यसको डेटा नै छ, हामीले सर्वे नै गरेका छौँ । त्यस कारण आग्रह के हो भने जजसले अनलाइन प्रणाली लिनु भएको छैन, उहाँहरुले बढी एग्रेसिप किसिमले अनलाइन मार्फत कारोबार गर्नुहोस्, त्यसपछि केही समस्या छ भने हामी समधान गर्न तयार छौँ । हामीले सर्वे गर्दा प्रयोग नगरी अर्काेको भनेको भरमा अनलाइन काम छैन् भन्ने धेरै भएकाले मैले त्यसो भनेको हो ।

४. शेयर बजार विस्तारको लागि बैंकलाई लाइसेन्स दिने भन्ने कुरा पनि छ, यसमा नेप्सेको धारणा के छ ?
हामीले निवेदन नै गरिसकेको अवस्था हो, वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स भनेर । बिचमा अर्थ समितिले अध्ययन कमिटि नै बनायो । हामी अगाडि बढ्न मात्र नसकेको हो त्यो रद्द भएको छैन । त्यहाँबाट केहि न केही निर्णय आइसकेपछि हामी अगाडि बढ्छौँ ।

५.मौद्रिक नीति पनि आउँदैछ, नेप्सेले कस्तो अपेक्षा गरेको छ ?
हामीले नियामक निकायलाई सल्लाह मात्रै हो। २३ वटा कुरा छन् । हामीले मार्जिन ट्रेडिङ सम्बधित कुरा छन् । अहिले ब्रोकर साथिहरुले नै मार्जिन दिने भन्ने कुराहरु छन्, नेपाल स्टक एक्सचेन्ज राष्ट्र बैंकको शेयरधनी भएको नाताले बजेटमा नेप्सेलाई रिस्टक्चर गर्नुपर्छ भन्ने लगायतका बारेमा सुझाव दिएका छौँ ।

६.​अन्त्यमा लगानीकर्ताका अभिभावको हिसावले के भन्नु चाहानुहुन्छ ? शेयर बजार हो । मार्केट धेरै माथि जाँदा धेरै खुसी हुनु पर्ने र धेरै तला जाँदा दु:खी हुनु पर्ने अवस्था छैन, सामान्य अवस्थामा बजार जान्छ, हाम्रो छिमेकी देश भारतमाको बम्बाईका स्टक मार्केटलाई हेर्ने हो भने पनि पहिला दिनमा निराश भएपनि विस्तारै बजारले गति लिएर माथि गएको छ । हाम्रो शेयर बजारमा पनि यही अवस्था रहन्छ । लगानीकर्ताले आफ्नो स्क्रिप्ट हेरेर लगानी गर्नु भयो भने नेपालको स्टक मार्केट उज्वल छ ।

चन्द्र सिंह साउदलाई हाम्रो प्रश्न "आखिर शेयर बजारमा अस्वाभाविक उतारचढाब किन ?" | Chandra Singh Saud

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको