Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : विराटनगरलाई काठमान्डूको १३५ रनको चुनौति

अर्थ संसार

शनिबार, ०६ मंसिर २०८२, १७ : ०३ मा प्रकाशित

एनपिएल क्रिकेट : विराटनगरलाई काठमान्डूको १३५ रनको चुनौति

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तगर्त आजको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएपछि विरानटरले उक्त लक्ष्य पाएको हो । 

काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् । 

विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए । विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको