Like us!
Follow us!
Connect us!
Watch us!

वर्तमान सरकारको संवैधिनिक परीक्षण खदालतबाटै हुनुपर्छ - अध्यक्ष ओली

अर्थ संसार

शनिबार, ०६ मंसिर २०८२, १४ : ५९ मा प्रकाशित

वर्तमान सरकारको संवैधिनिक परीक्षण खदालतबाटै हुनुपर्छ - अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ, संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन,’ अध्यक्ष ओलीले भने । अदालतमा गएर यो कामको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ छ । उनले एमाले देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको दाबी समेत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको