Like us!
Follow us!
Connect us!
Watch us!

शिव शंकर हाईड्रोको साधाणरसभा मंसिर १९ मा, आईपीओ जारी गर्ने मुख्य एजेण्डा

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, ११ : ४५ मा प्रकाशित

शिव शंकर हाईड्रोको साधाणरसभा मंसिर १९ मा, आईपीओ जारी गर्ने मुख्य एजेण्डा

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पारितका लागि साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले यहि मंसिर १९ गतेका लागि साधारणसभा बोलाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको २५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यो कम्पनी शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर बनेको कम्पनी हो । कम्पनीले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको