नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउने बाटोमा नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले अहिलेको सरकार विध्वंशको जगमा बनेको आरोप लगाउँदै चुनाव गराउने बाटोमा नरहेको बताएका हुन् ।
‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन,’ उनले भने । साथै, उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए ।
‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस