Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेकको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १४ : १२ मा प्रकाशित

श्रीनगर एग्रीटेकको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचकृत भएको छ । नेप्सेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र कम्पनी बीच उक्त सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष नबिल इनभेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३२,६२,५०० कित्ता (२० प्रतिशत)र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १,३०,५०,००० कित्ता (८०प्रतिश) सेयर समेत गरी जम्मा १,६३,१२,५०० कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकण गरिएको हो ।

उक्त सेयरको कारोबार आगामी आइतबारबाट सुरु हुनेछ । नेप्सेले यस कम्पनीको ओपनिङ रेन्ज १००.५९ देखि ३०१.७७ रुपैयाँ तोकेको छ । उक्त मूल्यमा आइतबारको स्पेशल प्रि ओपनमा यो कम्पनीको सेयर कारोबार हुने छ । 

 

69202295d5b35.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको