Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा थपिए २८ जना कोरोना संक्रमित

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १६ : ४९ मा प्रकाशित

काठमाडौंमा थपिए २८ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  उपत्यकामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडौंका काठमाडौंका १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

याे सँगै हालसम्म उपत्यकाका काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित पुगेका छन् ।

आइतबार काठमाडौं उपत्यकासहित देशभर थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको डा. जागेश्वर गाैतमले बताएका छन् ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको