Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १८ : ०४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले एक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् । 

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।

उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी , उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट , भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उल्लेखीय उपस्थिति रहेकाे थियो ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको