अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडौंका १६ जना र ललितपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
याे सँगै हालसम्म उपत्यकाका काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित पुगेका छन् ।
बुधबार काठमाडौं उपत्यकासहित देशभर थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको डा. जागेश्वर गाैतमले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस