Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा र रेमिटली बिच डिजिटल रेमिट्यान्स् सम्झौता

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १४ : २१ मा प्रकाशित

इसेवा र रेमिटली बिच डिजिटल रेमिट्यान्स् सम्झौता

अर्थ संसार, काठमाडौं – डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटली (Remitly) र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरू भएको छ ।

यो सेवा सुरू भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरूमा रहेका नेपालीहरूले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै रेमिटलीबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्नु मूख्य उदेश्य रहेको बताएका छन् । 

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दि इरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको