अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उर्जा बचत कार्य गरे बापत विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेकाे छ ।
बैंकले जर्मन सरकारको सहयोगमा संचालित 'Energy Efficiency Program Nepal' को अनुदान सहयोग कार्यक्रम अन्तर्गत अशोक स्टील इन्डस्ट्रिजलाई एक करोड रूपैयाँ, सीताराम गोकुल मिल्सलाई २० लाख एक हजार एक सय एकतीस रूपैयाँ, गोइन्का स्टीललाई पाँच लाख ६० हजार चार सय रूपैयाँ रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरिएको हाे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आह्वान गरेका छन् ।
नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले 'Energy Efficiency Program Nepal' आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रूपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलब्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रूपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
त्यसैगरी, उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू कबिराज अधिकारी र केशवप्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरू देबेन्द्र रमण खनाल, सरस्वती अधिकारी, देवेस प्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरू लगायतको उपस्थिति रहेको थियो भने उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस