Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे आयाे रसुवागढी हाइड्रोपावरको वित्तीय विवरण

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १२ : १८ मा प्रकाशित

यस्ताे आयाे रसुवागढी हाइड्रोपावरको वित्तीय विवरण

अर्थ संसार, काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड ६ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेकाे थियाे ।

गत आर्थिक वर्षकाे यसै अवधिमा २ करोड २४ लाख ५१ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको यस कम्पनी अहिले तेस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड २३ लाख ७६ हजार रुपैयाँ घाटामा रहेकाे छ ।

त्यस्तै, ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीकाे जगेडा कोष भने १९ करोड २७ लाख ७० हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी १ रुपैयाँ ३९ पैसा नोक्सानमा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८७ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको