अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) फेरि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ ।
साेमबार ताेलाकाे २ सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ३ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य मंगलबार फेरि ताेलाकाे १ सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रूपैयाँले बढेर प्रतिताेला ९ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस