Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको किस्ता तिर्न सक्नु भएन,यहाँ सम्पर्क गर्नुहोस्

अर्थ संसार

मंगलबार, ३० असार २०७७, १६ : ३८ मा प्रकाशित

बैंकको किस्ता तिर्न सक्नु भएन,यहाँ सम्पर्क गर्नुहोस्

अर्थ संसार, काठमाडौं- लकडाउनको कारण व्यापार व्यससाय बन्द हुँदा बैंकबाट लिएको ऋणको व्याज व्यवसायीले तिर्न  सकेका छैन्न ।

बैंकले  ऋणी व्यवसायीलाई व्याज तिन बारम्बार ताकेता  गर्दै आएको छ ।  यतिखेर व्यवसायी कर्जाबाट ठूलो समस्यामा परेका छन् ।  कोभिड -१९ कारण सवै क्षेत्रलाई असर गर्दा  विशेष गरी होटल व्यवसायी, पयर्टन व्यवसायी र यातायात व्यवसायी मारमा परेका छन् ।

लकडाउन अलि खुकुलो हँदा अन्य क्षेत्र खुलेपनि होटल, पर्यटन र यातायात व्यवसाय भने खुल्न सेकको छैन । यी व्यवसायीहरुलाई बैंक व्याज तिर्न सकेका छैन् । यी व्यवसायहरुले डकडाउनको समय अवधिको व्याज मिनाह गर्न अथाव यो  समयको  व्याज तिर्ने समाप्त मितिमा थप गरी व्याज तिर्ने अवधि बढाउन सरकार सँगै माग गर्दै आइरहेका छन् । यो कुरा सरकारले मौद्रिक नीतिमा व्यवस्था गर्ने व्यवसायहीहरुको आशा छ ।

यही बेला नेपाल उद्योग वाणिज्य महासंघले तिर्न  सक्ने अवस्थामा भएका उद्योग व्यपारी तथा व्यवसायीलाई कर्जाको व्याज तथा किस्ता भुक्तानी गरिदिनुहुन अनुरोध गरेको छ । तिर्न नसक्ने एद्योग, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण तथा व्याजको पुँजीकरण गरीकर्जा तिर्ने समय थप गर्न आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा व्यवस्था हुन नेपाल एद्योग वाणिज्य महासंघले संम्बन्धित निकायसँग अनुरोध गर्दै आएको जनाएको छ ।

वाणिज्य बैंकहरुसँग लिएको कर्जाको सम्बन्धीमा कुनै गुनासो भए महासँगको  सदस्य संघ, संस्थाको इमेल ठेगाना [email protected] मार्फत पठाउन सक्नुहुनेछ । व्यवासयीले सोझै ९८०११९२५७५ सम्पर्क गुनासो राख्न सक्नुहुनेछ ।

5f0d91f2bf1f5.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको