Like us!
Follow us!
Connect us!
Watch us!

अब झनै सजिलो : बैंक खातामा रकम पठाउँदा तुरून्तै जम्मा

निशा हुमाँगाई

बुधबार, ३१ असार २०७७, ०७ : २७ मा प्रकाशित

अब झनै सजिलो : बैंक खातामा रकम पठाउँदा तुरून्तै जम्मा

अर्थ संसार, काठमाडौं –  सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरून्तै (Real Time)  जम्मा हुने व्यवस्था मिलाएको छ ।

अब देश विदेशमा रहेका सेवाग्राहीहरूले नेपालमा अवस्थित पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूमा डिपोजिट गरी यो सेवा सजिलैसँग लिन सक्नेछन् ।

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रूपमा परिचित आइएमईको सेवाग्राहीहरूलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरूमा आवस्थित व्यवसायिक साझेदारहरू (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको