Like us!
Follow us!
Connect us!
Watch us!

ऐतिहासिक सिन्धुलीगढीको पर्यटकीय विकास गर्न स्वायत्त निकाय माग

आइतबार, २० चैत्र २०७३, ११ : ४१ मा प्रकाशित

ऐतिहासिक सिन्धुलीगढीको पर्यटकीय विकास गर्न स्वायत्त निकाय माग

दिनिता लामिछाने
काठमाडौं–समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले पर्यटन राज्यमन्त्री  परशुराम तामाङलाई भेटेर तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र विकासको काम गर्न सरकारी स्तरबाट स्वायत्त निकाय गठन गर्न आग्रह गरेका छन् ।

हरेक नेपालीले गौरव गर्नु पर्ने इतिहास बोकेको सिन्धुलीगढीको स्वामित्व लिने कुनै निकाय नहुँदा बेवारिसे जस्तै भएको भन्दै अभियन्ताहरुले यस स्थलको संरक्षण गर्न विकास समितिजस्तै स्वायत्त निकाय गठन आवश्यक भएको बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उज्वल थापाको संयोजनमा समृद्ध सिन्धुली अभियानका लीलानाथ घिमिरे, सौरभ ढकाल, डण्ड गुरुङ र भुवन थापा सम्मिलित प्रतिनिधि मण्डलले राज्यमन्त्री तामाङसँग सिन्धुलीगढीको पर्यटकीय विकासका लागि आगामी बजेटमा कार्यक्रमहरु समावेश गर्न आग्रहसमेत गरेको छ ।

यस्तै अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा आगामी कात्तिक २४ गते मनाइने २ सय ५० औं विजयोत्सवमा राज्यकै तर्फबाट विशेष समारोहको आयोजना गर्ने ब्यवस्था मिलाउन पर्यटन राज्यमन्त्री तामाङसँग आग्रह गरेको छ । 

समृद्ध ंसिन्धुली अभियानले सिन्धुलीगढीमा आगामी कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा यसअघि गरिसकेको छ । अभियानले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरिसकेको छ । 

आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने अभियानले योजना बनाएको छ । 

अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो । ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । यस बर्षको साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थलको प्रबर्धन गर्ने योजना बनाएको उनले बताए । 

राज्यमन्त्री तामाङले बीर गोर्खालीले बहादुरी देखाएर अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीको प्रबर्धन गर्न सरकारले हरेक क्षेत्रबाट सहयोग गर्ने बताए । उनले आगामी बजेटमा यस स्थलको प्रबर्धनका लागि रकम छुट्याउने बताउँदै सरकारी स्तरबाटै भब्य विजयोत्सव आयोजना गर्ने आफ्नो मन्त्रालयले पहल गर्ने आस्वासन दिए ।   

यो पनि पढ्नुहोस्

सेयर किन्नु  वा बेच्नु छ, राजधानी जानु पर्दैन, बुटवलबाट पनि सुरु भयो कारोबार 

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर) 

एक हजार मेगावाट विद्युत् नियमित भए राज्यको ५० अर्ब वचत हुनेइन्डक्सन चुलोमा खाना पकाउँदा मासिक लागत ९६० मात्रै

प्राविधिक विषय पढेकाहरुलाई रोजगारी दिलाउन जव फेयरको आयोजना 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको