Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

बुधबार, ३१ असार २०७७, १६ : ४७ मा प्रकाशित

कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले रौतहटको पर्रोहा नगरपालिका- ७  का ३६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

भारतमा कोरोनाका कारण मृत्यु भएको दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका उनका परिवारका सदस्यलाई क्वारेन्टिनमा  राखिएको थियो ।

त्यसै क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएकोमा  आज दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको  डा. जागेश्वर गाैतमले बताएका छन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको