Like us!
Follow us!
Connect us!
Watch us!
मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ'

अर्थ संसार

आइतबार, ०४ साउन २०७७, ०५ : २४ मा प्रकाशित

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ'

हामीले अहिले १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेका छौँ । शेयरधनीलाई १२.५ प्रतिशत लाभांश दिएका छौँ । हामीले करिव ९ महिना अगाडि विशेष साधारणसभा सभा गरेर त्यतिखेरको पुँजीमा १२.५ प्रतिशत लाभांश नै दिएका थिऔँ । एकै वर्षमा हामीले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिन सफल भएका छौँ ।

पहिलेको १२.५ प्रशित लाभांश दिदाँ कम्पनीको पुँजी १ अर्ब ७८ करोडमात्रै पुँजी थियो । २ अर्ब ७९ लाख पुँजीको १२.५ प्रतिशत लाभांश दिँदा समग्रमा भन्दा २५ प्रतिशत होइन २९ प्रतिशतको हारहारीमा प्रतिफल दिएका छौँ । अहिले पनि हामीसँगै ३६ करोड भन्दा बढी पैसा नाफामा वितरण योग्य पैसा रहेको छ ।

हामीसँग यो आर्थिक वर्ष मुनाफपनि जोड्ने हो भने हामीसँग करिवकरिव १ अर्ब भन्दा बढी पैसा लगानीकर्तालाई मुनाफा योग्य रकम हामीसँग हुनेछ । त्यसैले यस कम्पनीको आर्थिक अवस्था असाध्यै राम्रो छ ।

'अमूल्य जीवनलाई मूल्यवान Prime Life ले बनाउँछ |

जुन आकारको व्यवसाय हामीले गरिरहेका छौँ त्यो हेर्दा प्रतिस्पर्धात्मक कम्पनीको तुलना गर्दा केही सानो देखिएपछि कम्पनीको संस्थागत सुशासन, असाध्यै कम खर्चमा कम्पनी संचालन गरेको कारणले र स्तरीय व्यवसाय गरेको कारणले हाम्रो आर्थिक अवस्था सवल र अब्बल छ । 

कोभिड १९ ले कस्तो अवस्था सिर्जना गर्छ भनेर अहिले नै हामीले विवेचना गर्ने अवस्था छैन । असर त अवस्य पर्यो । किने भने हामीलाई थाहा थिएन यो कोभिड १९  हुन्छ भनेर । हामीले विस्तारै असारमशान्त सम्म गरिहाल्छौँ भनेर काम गर्यौ ।

तर लकडाउनको कारण हामीले  चैत्रदेखि आक्रमक रुपमा उत्रिने बेलामा कोभिडको मारमा पर्यौँ । अहिले नै कोभिडको कति पर्छ भन्दा पनि असर त पर्छ के कति पर्ने हो भन्न सकिदैनौँ । समग्र मुलकको अर्थतन्त्रमा पनि भर पर्छ । विमा गर्न आम्दानी हुनुपर्छ, अहिले आम्दानी गर्ने स्रोत बन्द छ । त्यसले जीवन विमा कोभिड १९ ले असर गर्छ । 

अब हामी अलि सस्तो बीमा लेख लिएर बजारमा आउँदैछौ । अहिले दिएको बीमा लेख महँगो भने हौइन, यो भन्दा पनि कम मूल्यको बीमा लेख ल्याउने कोसिसमा लागि परेका छौँ । जीवन बीमा जोखिम चाहि बहन गर्ने, त्यसबाट आाउने लाभ जुन अहिले चलिरहेका छन् त्यस भन्दा चाहि जोखिम बहन मात्रै गर्ने बीमा लेख लाउने कि वा केही अंशको लाभ पनि दिने कि जोखिम पनि  लिने कि भनेर हामीले अहिले २३ वटा विकल्पमा छौँ । 

प्राइभ लाइफको दावि भुक्तानीमा एउटा पनि समस्या छैन ।  हामीसँग करिवकरिव साढे ४ लाख बीमित हुनुहुन्छ । आज हामीसँग ३० वटा पनि दावी बीमा तिर्न बाँकी छैन् । समयमै तिरेका छौ । कहिले काँही कागजात नपुगेको खण्डमा केही ढिला हुन सक्छन् । दाबी भुत्तानीमा प्राइम लाइफमा कुनै समस्या छैन । हामीले बीमा लेखामा कर्जा दिन्छौँ । साउन १ गतेदेखि कुनै पनि बीमितले आफ्नो बीमा लेखा  धितो राखेर कर्जा लिने हो भने  आधा घण्टामा बीमा लेख कर्जा पाउँछ । तर बीमित कर्जा योग्य हुनुपर्छ । 

'अमूल्य जीवनलाई मूल्यवान Prime Life ले बनाउँछ |

मेरो कल्पनाको  पाइम लाइप भनेको हेरेक शाखामा भरपुर प्रविधिमैत्री, बीमितहरुको भरीभराउ, सवै नेपाली नागरिकको बीमा प्राइम लाइफमा होस् । यो सपना त यो कार्यकालमा त पुरा हुँदैन, तर अर्काे कार्यकालमा चाहि अवस्था पुरा हुनेछ । 

प्राइम लाइफका उत्कृष्ट बीमा योजनाहरु छन् । अरु कम्पनीको बीमा योजनासँग तुलना नै छैन् । दावी भुक्तानीहरु छिटो छरिता र कर्मचारीमा असाध्यै राम्रो संस्कृति छ । 

यो पनि पढ्नुहोस

प्राइम लाइफको प्रस्तावित लाभांश साधारण सभाबाट पारित 

Prime Life Insurance का लगानीकर्तालाई चाहियो Cash Dividend | अर्को AGM कहिले ? | 12th AGM | PLIC

 

 

 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको