Like us!
Follow us!
Connect us!
Watch us!

फ्लोरा एक्स्पोमा रु ७३ लाखभन्दा बढीको कारोबार

आइतबार, २० चैत्र २०७३, १८ : २३ मा प्रकाशित

फ्लोरा एक्स्पोमा रु ७३ लाखभन्दा बढीको कारोबार

अर्थ संसार 

काठमाडौँ– कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो आज सम्पन्न भएको छ । 

‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न एक्स्पोमा मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस, कृषि औजार, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधिलगायतको रु ७३ लाख भन्दा बढीको कारोबार भएको आयोजक समितिले जनाएको छ । 

अपेक्षा गरेअनुसार कारोबार भएको बताउँदै एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबारसँगै प्रवद्र्धन गर्न पनि सफल भएको बताउनुभयो । मेलामा फ्लोरिकल्चर व्यवसायमा प्रयोगमा आएका अन्तर्राष्ट्रिय प्रविधिका बारेमा पनि अवलोकनकर्ताले जानकारी पाएको उहाँले बताउनुभयो । 

मेला अवधिभर ६६ हजार भन्दा बढी फूलका पारखी मेला अवलोकनका लागि आएको जानकारी गराउँदै एसोसिएसनका संयोजक जेवी तामाङले अघिल्लो वर्षमा भएका मेलामा भन्दा यस वर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको बताउनुभयो । 

प्रविधि विस्तारका लागि भारत, बङ्गलादेश, श्रीलङ्का, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीलाई मेलामा सहभागी गराइएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको