Like us!
Follow us!
Connect us!
Watch us!

२८४.१० प्रतिशतले बढ्यो मञ्जुश्री फाइनान्सको नाफा (विवरणसहित)

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, १३ : ३८ मा प्रकाशित

२८४.१०  प्रतिशतले बढ्यो मञ्जुश्री फाइनान्सको नाफा (विवरणसहित)

अर्थ संसार काठमाडाैं - मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २८ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २८४.१० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ३८ करोड ५ लाख ३२ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा  ६.०६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ३५ करोड ८७ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे सञ्चालन मुनाफा पनि ८९.६५ प्रतिशतले बढेर १९ करोड ७१ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे सञ्चालन मुनाफा १० करोड ३९ लाख रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै, फाइनान्सकाे चुक्ता पूँजी ८१ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड ६० लाख रुपैयाँ रहेकाे छ । फाइनान्सकाे प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा रहेकाे छ ।

फाइनान्स​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको