Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकलाई निजीकरण नगर्न पेसागत महासंघको माग

आइतबार, २० चैत्र २०७३, १९ : २९ मा प्रकाशित

नेपाल बैंकलाई निजीकरण नगर्न पेसागत महासंघको माग

अर्थ संसार 
काठमाडौं– नेपाल बैंक लिमिटेडलाई निजीकरण नगर्न सम्बन्धित निकायसँग पेसागत महासंघले माग गरेको छ । विगत आठ दशक देखि मुलुकको आर्थिक तथा बैंकिङ्ग विकाश र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निजीकरण नगर्न माग गरेको हो ।

महासंघमा आवद्ध नेपाल बैंक कर्मचारी संघ लगायत बैंकमा क्रियासिल पांचवटै ट्रेड युनियनहरु एकमतका साथ बैंक निजीकरणको नीतिको विरुद्धमा उभिएका छन् ।

पेसागत महासंघ नेपाल, नेपाल बैंक लिमिटेडमा क्रियासिल ट्रेडयुनियनहरुको उक्त कदम प्रति ऐक्यवद्धता प्रकट गर्दै बैंक निजीकरणको नीति वन्द गर्न जोडदार आग्रह आग्रह समेत गरका छन् ।

सार्वजनिक क्षेत्र मार्फत राज्यको भूमिका  वृद्धि गर्दै जानुपर्नेमा उल्टै भैरहेको सार्वजनिक वित्तीय संस्थाको निजीकरण जायज  हुन नसक्ने प्रेस विज्ञप्तीमा भनिएको छ ।

 सरकारको यो नीतिले मुलुकको स्वाधीन अर्थतन्त्र निर्माण हुन नसक्ने मात्र होइन, दुरदराजमा वसोवास गर्ने नेपाली जनताले सरल र सहज बैकिङ्ग सेवावाट वञ्चित हुनु पर्ने  विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको