Like us!
Follow us!
Connect us!
Watch us!

अब अनलाइनबाटै सांग्रिला डेभलपमेन्ट बैंकको खाता खोल्न सकिने

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, १६ : ०८ मा प्रकाशित

अब अनलाइनबाटै सांग्रिला डेभलपमेन्ट बैंकको खाता खोल्न सकिने

अर्थ संसार, काठमाडौं - अब अनलाइनबाटै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे खाता खोल्न सकिने भएकाे छ ।

बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सुचना प्रविधिको विकाससँगै ग्राहक सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउँदै अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको हाे ।

अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश तथा विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्नेछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आफ्नै घर तथा कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरूवात गरिएको छ ।

बैंकले विकास गरेको प्रविधि अत्याधुनिक र सरल रहेको एंवम खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ । यस योजना बाट ग्राहक महानुभावले  अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको