Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले अब मात्र ८.९९% मा कर्जा दिने

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, १८ : ०८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले अब मात्र ८.९९% मा कर्जा दिने

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा (SME Loan) उपलब्ध गराउने भएको छ । 

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रूपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो । 

कर्जा लिन चाहने महानुभावहरूले आवश्यक कागजातहरू बैंकमा पेश गरेको ३ कार्य दिन भित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरूलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा उपलब्ध गराइने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको