अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिव २८ वर्षदेखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरूको चौतर्फी विकास गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकले संस्थालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकाे हाे । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले जानकारी दिएको छ ।
त्यस्तै, विगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरूप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस