Like us!
Follow us!
Connect us!
Watch us!

राम लक्ष्मणको चित्रसहित हजारका नयाँ नोट बजारमा

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १० : ५० मा प्रकाशित

राम लक्ष्मणको चित्रसहित हजारका नयाँ नोट बजारमा

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (साउन ७ गते, बुधबार) बाट हजार रुपैयाँका नयाँ नोट चलनचल्तीका लागि बजारमा ल्याएको छ । 

बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/ ६८०००००१ देखि ट/ १००९९९९९९ सम्मका ५० हजार रुपैयाँका नोट बजारमा चलनचल्तीका लागि  ल्याएको हाे ।

बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीहरूको चित्र रहेको नयाँ हजारको नोट ल्याएको हाे ।  यो नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् । 

 नोटको बायाँतर्फ सगरमाथा हिमालकाे चित्र, नोटको दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलाएमान हुने तथा ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो रहेकाे, नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप रहेकाे, दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विक्रम सम्बत् २०७६ लेखिएको बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

त्यसैगरी, नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीको चित्र रहेको बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको