Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले ९.९५% मै कर्जा दिने

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १४ : ०५ मा प्रकाशित

सनराइज बैंकले ९.९५% मै कर्जा दिने

अर्थ संसार, काठमाडौं - सनराइज बैंक लिमिटेडले ९.९५% मै सरल एस.एम.ई कर्जा दिने भएकाे छ ।

आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले “सनराइज सरल एस.एम.ई कर्जा” ९.९५% वार्षिक ब्याजदरमा दिने भएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, यस व्यवस्था अन्तर्गत ग्राहकले एक करोड रूपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् । साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्दिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । ग्राहकले यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३४ शाखाहरूबाट लिन सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको