अर्थ संसार
काठमाडौै– सिद्धार्थ डेभलपमन्ट बैंक लिमिटेडले १० बराबर ६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हकप्रद शेयर निष्कासन वैशाख ७ देखि जेष्ठ १० गतेसम्म रहेको छ ।
बैंककोे शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको ८५ लाख १५ हजार ५ दशमलव ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको बैंकले जनाएको छ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ
हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहेको छ ।
यसका साथै सिद्धार्थ डेभलपमेन्ट बैंकको लिमिटेडका सम्पूर्ण शाखा कार्यलयहरुबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ । बैङ्कको हालको चुक्ता पूँजी रू. १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६ सय ६० रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस