अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको व्याजदर हिजाे (साउन ७ गते, बुधबार) बाट एकल अङ्क (सिङ्गल डिजिट) मा हुने गरी तोकेको छ ।
बैंकले हिजाेदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरूको लागि कर्जाको व्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ ।
त्यसैगरी, बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस