Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

निशा हुमाँगाई

विहीबार, ०८ साउन २०७७, १७ : २२ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न व्यवस्थासहित सेवा सूचारू गर्न आग्रह गरेकाे छ । बैंकले साउन ५ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय अनुसार साउन ६ गते मंगलबार मध्यरात पश्चात लकडाउन खुलेकाे बताउँदै विभिन्न व्यवस्थासहित सेवा सूचारू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेकाे हाे ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंककाे बैंकिङ्ग कार्यालयले बैंकिङ्ग काराेबार गर्ने समयसम्म इजाजतप्राप्त संस्थाहरूले अनिवार्य रूपमा आफ्नाे कार्यालय खाेली बैंकिङ्ग काराेबार सञ्चालन गर्नुपर्नेछ ।

त्यसैगरी, सेवाग्राहीकाे भीडभाड नहुने तथा दुरी कायम हुने गरी लामबद्ध हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्नुपर्नेछ । बैंकिङ्ग सेवा प्रवाहमा ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिकाे स्वास्थ्य सुरक्षा तथा संक्रमणकाे सम्भावना न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अनिवार्य रूपमा अबलम्बन गर्न पनि बैंकले निर्देशन दिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई  निर्देशन दिएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको