Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य प्रतिताेला १ लाखकाे बाटाेमा : आज पनि गर्यो रेकर्ड ब्रेक

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, ११ : २४ मा प्रकाशित

सुनकाे मूल्य प्रतिताेला १ लाखकाे बाटाेमा :  आज पनि गर्यो रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं – दिनानुदिन बढिरहेकाे सुनकाे मूल्य प्रतिताेला एक लाखकाे बाटाेमा लम्किरहेकाे छ भन्दा खासै फरक नपर्ने भएकाे छ । काेराेना भाइरसकाे प्रभावले गर्दा हाल नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरिरहेकाे छ ।

बिहीबार ताेलाकाे ५ सय रुपैयाँले बढेर प्रतिताेला ९४ हजार ५ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (शुक्रबार) पनि ताेलाकाे एक हजार ३०० रुपैयाँले बढेर प्रतिताेला ९५ हजार ८ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला १ हजार १ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । चाँदीको याे मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको