Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ मिसनको नाफा बढ्दा अन्य सूचकमा पनि आकर्षक वृद्धि

निशा हुमाँगाई

आइतबार, ११ साउन २०७७, १० : ४८ मा प्रकाशित

तिनाउ मिसनको नाफा बढ्दा अन्य सूचकमा पनि आकर्षक वृद्धि

अर्थ संसार, काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १९ करोड ६८ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ३८२ दशमलव ८९ प्रतिशतले बढेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले  ४ करोड ७ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ६५ करोड ३० लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा १९९ दशमलव ६६ प्रतिशत अर्थात ४३ करोड ५१ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा बैंकले २१ करोड ७९ लाख १६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा बैंककाे सञ्चालन नाफा पनि १२४ दशमलव ७६ प्रतिशतले बढेर २८ करोड १० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा बैंककाे सञ्चालन नाफा १२ करोड ४५ लाख ७८ हजार रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ र जगेडा कोषमा २९ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी १० रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा रहेकाे छ । 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको