Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले आकर्षक व्याजदरमा कर्जा प्रदान गर्ने

निशा हुमाँगाई

आइतबार, ११ साउन २०७७, १३ : १५ मा प्रकाशित

सनराइज बैंकले आकर्षक व्याजदरमा कर्जा प्रदान गर्ने

अर्थ संसार, काठमाडौं - सनराइज बैंक लिमिटेडले  आफ्ना ग्राहकहरूलाई  आकर्षक  व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज  तथा  सरल  किस्ताबन्दीमा  घर  निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सनराइज घर कर्जा (Sunrise Home Loan) अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागी ८.९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसैगरी, बैंकले शेयर धितो कर्जामा (Loan Against Shares) ९.९५५ व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

Covid-19  ले  अर्थव्यवस्थामा  परिरहेको  असहज  परिस्थितिका  बावजुत  पनि  कर्जा  सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरूले बिना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकहरूले देशका  १३४  स्थानमा  फैलिएको सनराइज  बैंकका  शाखाहरूबाट  यो  सुविधा उपभोग गर्न  सक्नेछन्  । बैंकले सिमित अवधिको लागि ल्याइएको यस  योजनाबाट  लाभ  लिन सम्बन्धित सबै पक्षहरूबाट अपेक्षा  गरेकाे छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले  यस्ता  सरल  तथा सहज किसिमका कर्जा  योजनाहरू भविष्यमा पनि ल्याउँदै जाने बैंकले जनाएको छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको