Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकमा एकल अंकको व्याजमा आवास र उद्यमशील कर्जा

निशा हुमाँगाई

आइतबार, ११ साउन २०७७, १७ : ४९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकमा एकल अंकको व्याजमा आवास र उद्यमशील कर्जा

अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्नेछ ।

आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । 

उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरू गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । 

त्यसैगरी, घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पुर्ण शाखाहरूबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा १०२ वटा शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।       
 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको