Like us!
Follow us!
Connect us!
Watch us!

झन्डै लाख पुग्याे सुनकाे भाउ : इतिहासमै उच्च

निशा हुमाँगाई

सोमबार, १२ साउन २०७७, ११ : २३ मा प्रकाशित

झन्डै लाख पुग्याे सुनकाे भाउ : इतिहासमै उच्च

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा केही दिनबाट लगातार सुनकाे मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेकाे छ । साेही क्रमलाई निरन्तरता दिँदै आज पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम कायम गरेकाे छ ।

आइतबार ताेलाकाे ५ सय रुपैयाँले बढेर प्रतिताेला ९६ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे सुनकाे मूल्य आज (साेमबार) पनि तोलामा १२ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार ५ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलामा ५५ रुपैयाँले बढेर प्रतिताेला १ हजार २ सय १० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । चाँदीको याे मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हाे ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको