अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गरी सांग्रिला शेयर कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडी नै कर्जा सिमा प्रदान गरिने तथा आफूसँग भएको शेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । यस शेयर कर्जा योजना अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार कर्जा सीमा थप-घट गर्न सक्नेछन् ।
त्यस्तै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस