Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको हरेक शाखामा डिजिटल प्रणालीबाटै खाता खोल्न सकिने

निशा हुमाँगाई

सोमबार, १२ साउन २०७७, १६ : १६ मा प्रकाशित

एनआईसी एशियाको हरेक शाखामा डिजिटल प्रणालीबाटै खाता खोल्न सकिने

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंकले आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको सुरूवात गरेको छ । 

ग्राहकहरूले उक्त ‘Digital Account Opening’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रूपमा खोल्न सक्नेछन् । कम्प्युटरमा दक्षता नपुगेका महानुभावहरूका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रूपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।

देशको ‘Digital First बैंक’ बन्ने दीर्घकालीन लक्ष्य अनुरूप डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा ‘Digital Account Opening’ प्रणाली जस्तो नवीनतम सुविधा ल्याएको छ । यसरी खाता खोल्दा ग्राहक महानुभावहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।


 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको