अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि निर्देशन दिएको छ ।
बैंकले हिजाे (साेमबार) एक निर्देशन जारी गर्दै बैंकले बैंकबाट "क", "ख" र "ग" वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन, २०७६ मा विभिन्न व्यवस्था परिमार्जन भएको जानकारी दिएकाे हाे ।
यसैगरी, उक्त निर्देशनमा बैंकले कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जा भुक्तानी गर्नलाई १ वर्ष (आगामी असार मसान्त), मध्यम प्रभावितलाई ९ महिना (चैत्र मसान्त) तथा न्यून प्रभावितलाई ६ महिनाको (पुस मसान्त) समय थप गर्न सकिने सुविधा दिएकाे छ । तर, सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । यसरी ग्रेस अवधि थप गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले कार्यविधि बनाएर संचालक समितिबाट स्वीकृत गराई लागू गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख गरिएकाे छ ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनको शीर्षक २३ मा एकीकृत निर्देशन २०७६ को बुँदा ४१ र ४२ लाई थप गर्दै भुक्तानी अवधि थप गर्ने नयाँ व्यवस्था लागु गरेकाे हाे ।
हेर्नुहाेस् निर्देशन :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस