अर्थ संसार
काठमडौं– जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर (मर्जर) पछि जनता बैंक नेपाल लिमिटेडको नामबाट चैत्र २५ गतेबाट एकिकृत कारोबार शुरु गरिने भएको छ ।
यी बैंकहरु बीच फागुन १ गते विशेष साधारण सभाले गाभिने निर्णय गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट चैत्र ६ गते अन्तिम स्वीकृति गरेको थियो ।
मर्जर पश्चात बन्ने जनता बैंक नेपाल लिमिटेडको केन्द्रीय कार्यालय साविकको त्रिवेणी विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान काठमाडौ. महानगरपालिका, वडा नंं ११ थापाथली ( सेन्ट्रल विजनेश पार्क) मा रहनेछ ।
मर्जर प्रयोजनको लागि चैत्र २४ गते बिहीबार जनता बैंक र त्रिवेणी विकास बैंकको सम्पूर्ण शाखा तथा कार्यालयहरु र २३–२४ गते एटिएम पेन्मेन्ट गेटओय बन्द रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस