अर्थ संसार, काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई अत्यन्तै सस्तो व्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।
मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूलाई ८.३२ व्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो । अब साना तथा मझौला व्यवसायीहरूले एक करोडसम्मको कर्जा लिँदा ८.३२ व्याजदरमै कर्जा पाउनेछन् । यो व्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस