Like us!
Follow us!
Connect us!
Watch us!

रोयर इन्फिल्डको देशभर वन राइड आयोजना

मंगलबार, २२ चैत्र २०७३, ११ : ०२ मा प्रकाशित

रोयर इन्फिल्डको देशभर वन राइड आयोजना

दिनिता लामिछाने
काठमाडौं–नेपालको व्यवसायीक तथा औद्योगिक घराना एमचि दुगर ग्रुपको विवेक अटोमोबाईल्सले रोयल इन्फिल्ड अप्रिलको पहिलो आइतबार हरेक वर्ष बिश्वभरीका बिभिन्न ठाउँमा   रोयल इन्फिल्ड ‘वन राइड’ आयोेजना गर्दै आएको छ ।

यसै अवसरमा रोयल इन्फिल्ड वन राइड २०१७ काठमाडौंलगायत नेपालको बिभिन्न ठाउ“हरुमा आयोजना गरीएकोे छ ।

रोयल इन्फिल्डवन राइड रोयल इन्फिल्ड सोरुम बालाजुबाट प्रारम्भ भईन या“बजार, उत्तर ढोका, प्रहरी हेड क्वाटर, रोयल इन्फिल्ड सोरुम नक्साल,  कालोपुल, गौशाला, एयरपोर्ट, तिनकुन्ने, कोटेश्वर, लोकन्थली, सल्लाधारी, सुर्य विनायक, पलासे, बनेपा, धुलिखेल, पाँचखाल, दोलालधाट हुदैं सुकुटे विचमापुगेर समापन भएको थियो ।नेपालमा काठमाडौं बाहेक पोखरा,नारायणगढ, इटहरी, बुटवल,दमकमा समेत वन राइड आयोजना गरिएको छ ।

यस राइडमा काठमाडौंबाट सुकुटेविचसम्म ६५ वटा बुलेट बाइक, पोखराबाट वेगनास तालसम्म ४१ वटा, नारायणगढबाट सैराहसम्म ५५वटा, इटहरीबाट कोसी ब्यारेजसम्म २५ वटा, बुटवलदेखि लुम्बिनीसम्म १८ वटा र दमकदेखि सिमसारसम्म १५ वटा गरी २१९ वटा बुलेट बाइकहरुका साथ २७५ जनाको सहभागिता रहेको थियो ।

उक्त राइडमा ट्राफिक जनचेतना, सिस्टमेटिक गुप राइड, सडक सुरक्षा, ड्राइभ टुरिज्म र राइडिङ भाइचाराको विकास गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । विवेक अटोमोवाइल्सले आफ्ना शाखा तथा डिलरमार्फत २१ स्थानबाट रोयल इनफिल्डको विक्री वितरण तथा विक्री पछिका सेवा प्रदान गरिरहेको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको