Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको स्क्यान एन्ड वीड्र सेवा सुचारू

निशा हुमाँगाई

बुधबार, १४ साउन २०७७, १२ : ३२ मा प्रकाशित

नबिल बैंकको स्क्यान एन्ड वीड्र सेवा सुचारू

अर्थ संसार, काठमाडौं - नबिल बैंकले लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले ‘स्क्यान एन्ड वीड्र’  (Scan&Withdraw) सुविधाको सुरुवात गरेको छ ।

हिजाे मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत  ग्राहकहरुले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख सम्मको रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने बताएकाे छ । 

नयाँ सेवाको सुरुवातको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब नबिल बैंकका ग्राहकले चेक र एटिएम कार्ड बोक्न बिर्सिएतापनि आफ्ना मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नाे खाताबाट रकम झिक्न सक्ने बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको