Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
बैंकहरुबाट २० अर्ब तान्दै राष्ट्र बैंक
बिहिबार, १५ साउन २०७७

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज (श्रावण १५ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । यसअघि पनि श्रावण ८ गते मात्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेकाे थियाे । उक्त रिपो आज परिपक्क भएकाे छ ।

यसैगरी, सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यो रिपो श्रावण २२ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved