Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा आज पनि भएन अजोड इन्स्योरेन्सको कारोबार !

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, ११ : १६ मा प्रकाशित

दोस्रो बजारमा आज पनि भएन अजोड इन्स्योरेन्सको कारोबार !

अर्थ संसार, काठमाडौं –   धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) पनि अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर कारोबार नहुने भएकाे छ । श्रावण १३ गते, मंगलबारबाट कारोबार हुने गरी सूचिकृत भएकाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हालसम्म पनि कारोबार हुन सकेकाे हाे ।

नेप्सेमा सूचिकृत कुनैपनि नयाँ धिताेपत्रकाे पहिलाे काराेबार स्पेसियल प्रि-ओपन सेसन मार्फत मात्र हुने व्यवस्था रहेकाे छ । उक्त सेसनमा काराेबार भइ ओपनिङ्ग मूल्य (प्राइस/Price) तय भएपछि मात्र उक्त धिताेपत्रकाे निरन्तर काराेबार सत्रमा काराेबार हुनेछ । साेही बमाेजिम अजोड इन्स्योरेन्सकाे हकमा पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको सिमा प्रदान गरिएकाेमा साेही सिमा भित्र रही आदेश प्राप्त नभएकाले काराेबार हुन नसकेकाे हाे ।

अजोड इन्स्योरेन्सको शेयर कारोबार नेप्सेमा कहिले ?

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको