Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्सको एसएमई तथा घर कर्जा सार्वजनिक

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, १२ : १५ मा प्रकाशित

सिटिजन्सको एसएमई तथा घर कर्जा सार्वजनिक

अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ ।

घर कर्जा योजना अन्तर्गत ग्राहकहरूले ९.५०% वार्षिक व्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन् । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरूले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिनुहुने सम्पूर्ण ग्राहकहरूलाई नि:शुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ ।

यस आकर्षक घर कर्जा योजनाबाट ग्राहकहरूको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९%  वार्षिक व्याजदरमा उपलब्ध गराउने छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको