Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा विशेष छुट

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, ११ : ५४ मा प्रकाशित

नेपाल एसबिआई बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा विशेष छुट

अर्थ संसार, काठमाडौं -  नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । एसबिआई बैंक र चिरायू नेशनल हस्पिटलबिच उपचार गराउँदा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटलको सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरिएकाे बैंकले जनाएकाे छ ।

उक्त सम्झौता अनूसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गन सक्नेछन् । 

त्यसैगरी, उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू नेसनल हस्पिटलका निर्देशक संजिव राज भण्डारीले हस्ताक्षर गरेका हुन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको